२०८१ मङ्सिर २७ गते बिहिवार

बेलझुण्डी अस्पतालमा ४० संक्रमित

दाङ, जेठ १५ । दाङ तुलसीपुरस्थित बेलझुण्डी कोरोना विषेश अस्पतालमा ४० जना कोरोना संक्रमितलाई राखिएको छ । विहीवार बेलुका सम्म रुकुम पूर्वका थप ३ जना संक्रमित आइपुग्ने छन् । त्यो सहित बेलझुण्डीमा संक्रमितको संख्या ४३ पुग्ने भएको छ । बेलझुण्डीमा खटिएका एक स्वास्थ्यका कर्मचारी द्रोर्ण वलीका अनुसार दाङका १८, बाँकेका ८, बर्दियाका ५ , कपिलबस्तुका ६ र रुपन्देहीका ३ तीन जनालाई राखेर उपचार भइरहेको छ । विहीवार बलेका अवेरसम्म रुकुम पूर्वका थप ३ जना आइपुगे संख्या ४३ पुग्ने छ ।

८ जनाको दोस्रो रिपोर्ट नेगेटिभ
बेलझुण्डी कोरोना विषेश अस्पतालमा उपचार गराईरहेका ८ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको वलीले जानकारी दिएका छन् । उनीहरुको तेस्रो पटक स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको वलीले जानकारी दिए । जेठ २ गते ल्याइएका मध्य किपलबस्तुका ४, बाँकेका ३ र दाङको गढवाका १ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित १६ जनाको स्वाब संकलन गरि परीक्षणको लागि पठाइएकोमा ८ जनाको नेगेटिभ र ८ जनाको पोजेटिभ आएको वलीले जानकारी दिए । दोस्रो रिपोर्ट नेगेटिभ आएका ८ जनाको पुनः परीक्षणको लागि पठाइएको उनले बताए ।

बेलझुण्डीमा पनि अब बेड भरिदै
प्रदेश कारोना अस्पताल बेलझुण्डीमा १०० आइसोलेनस बेडहरु छन् । तर त्यहाँ ५० जना भन्दा बढीलाई राख्न नमिल्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘१०० बेड क्षमता भनिएपनि संक्रमितलाई राउन्डिङमा राख्नुपर्ने हुँदा ५० जना भन्दा बढी राख्न मिल्दैन,’ वलीले भने ‘ विहीवार बेलुका सम्म ४३ जना पुगे अब ७ जना भन्दा बढी राख्न संभव हुँदैन ।’ तर उपचार गराइरहेका मध्य कोही निको भएर घर गएमा भने सहज हुने उनले बताए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *