२०८१ बैशाख ७ गते शुक्रवार

प्रतिष्ठानले देउखुरीमा स्वास्थ्य सामग्री वितरण गर्यो


निशान भट्टराई,
घोराही, जेठ १५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना छिमेकी जिल्लासंगै दाङका विभिन्न स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री वितरण सुरु गरेको छ । प्रतिष्ठानले पिपिईसहित भिटिएम, मास्क, स्यानीटाइजर र पञ्जा लमही नगरपालिका, राप्ती गाँउपालिका, राजपुर गाँउपालिका र गढवा गाँउपालिकालाई सहयोग स्वरुप वितरण गरेको छ ।

प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले लमही नगरपालिकाका मेयर कुलबहादुर केसी, राजपुर गाँउपालिका अध्यक्ष लोकराज केसी, राप्ती गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदी र गढवा गाँउपालिकाका अध्यक्ष सहजराम यादवलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् । सो अवसरमा फ्लोरेन्स अस्पताल मार्फत २६० थान भिटिएमपनि वितरण गरिएका छ । देउखुरी क्षेत्रमा धेरै कोरोना पोजेटिभ केसहरु देखिएको हुँदा कन्ट्रयाक्ट ट्रेसिङको लागि र क्वारेन्टाइनमा रहेका विरामिहरुको स्वाव कलेक्सन गर्न सहजहोस भनेर स्वास्थ्य सामग्री प्रतिष्ठानले प्रदान गरेको उपकुलपटि भण्डारीले बताइन ।

त्यसक्रममा स्थानिय तहका प्रमुखहरु र प्रतिष्ठानका चिकित्सकहरु बीच कोभिड १९ विरुद्ध स्थानीय तहले गरीरहेका कामकारवाही र प्रतिष्ठानले गरीरहेको तयारीका वारेमा छलफल भएको छ । छलफलका क्रममा कोभिड – १९ को तयारी संगै समस्या,स्वाव परीक्षण, पिसिआर जाँच सम्वन्धि चासो र जिज्ञाशाको प्रतिष्ठानबाट गएका चिकित्सकले टोलीले उत्तर दिएका थिए ।

छलफलमा सहभागि नगर तथा गाउँपालिका प्रमुखहरुले पिसिआर टेष्टिङ वढाउन आवश्यक परे पिसिआर मेसिन र ल्याव टेक्निसियन थपको लागि बजेट प्रदान गर्न तयार रहेको बताएका थिए ।प्रतिष्ठानले यसअघि छिमेकी जिल्लाहरु सल्यान, प्यूठान, रोल्पामा कोभिड १९ को वारेमा छलफल गर्नुका साथै स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *