दाङ, जेठ १५ । प्रदेश नम्वर २ मा बिहीवार विहान मात्रै ७६ जना कोरोना भाइरसको संक्रमन भेटिएको छ ।
संक्रमित मध्य धनुषाका २९ जना, महोतरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामाकोरना संक्रमन भेटिएको हो । नयाँ फेला परेका सबै संक्रमित पुरुष हुन ।
संक्रमित अधिकाँस व्यक्तिहरु छिमेकी देश भारतवाट आएर क्वारेन्टाइनमा बसेकाहरु भएको जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार