काठमाडौं, जेठ १५ । नेपालमा कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार बेलुका कोरोना भाइरसका कारण बुंगमतीनिवासी ५७ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु पछि मात्रै उनको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पुष्टि भएको हो । जेठ १२ गते परीक्षणका लागि उनको स्वाब पठाइएको थियो।रिपोर्ट आएपछि विहीवार मात्रै कार्यविधिअनुसार शव व्यवस्थापनको काम गरिने भएको छ । जेठ ११ गते अस्पताल भर्ना भएका तीव्यक्तिमा कलेजोमा समस्या थियो ।
प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार