नवलपरासी, १५ जेठ । पूर्वी नवलपरासीमा विहीबार थप एक जनामा कोभिट १९ कोरोना संक्रमण पुष्टि भएको छ । देवचुलीनगरपालिका १ घर भएका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालले अस्पतालको आधिकारिक पेसबुकपेज मार्फत यसको पुष्टि गरेको छ तथापि स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टि गर्न भने बाँकी रहेको छ ।
भरतपुर अस्पतालले जेठ १३ गते आएका १ सय ५ वटा स्वाबहरु परीक्षण गर्दा १ सय ४ जनाको रिपोर्ट नेगेटिभ आएको र देवचुली १ पूर्वीनवलपरासीका १९ बर्षीय पुरुषमा पोजेटिभ देखिएको जनाएको छ। उनी जेठ १० गते भारतबाट आएका थिए । देवचुली नगरपालिकाकोक्वारेन्टाइनमा रहेका उनलाई राति नै भरतपुर कोरोना विशेष अस्पतालमा लगिएको देवचुली १ का वडाअध्यक्ष लक्ष्मण राज भण्डारीलेबताए ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले नवलपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसंगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।उनी जेठ १० गते भारतको हरिद्वारबाट धनगढी हुँदै देवचुली नगरपालिका आएकाथिए । उनलाई सोझै जनज्योति नमुना माविको क्वारेन्टिनमा राखिएको थियो । उनमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाबसंकलन गरि परीक्षणका लागि पठाइएको थियो ।
पूर्वी नवलपरासीमा अहिलेसम्म २ सय ८० जनाको स्वाब संकलन भएर पिसिआर परीक्षणका लागि गएको छ जस मध्ये बुधबारसम्म २सय ४८ जनाको पिसिआर परीक्षण भएर आइसकेको छ । विहीबार ३२ जनाको पिसिआर रिपोर्ट आउँदै छ ।