२०८१ मङ्सिर २७ गते बिहिवार

बंगलाचुलीमा झन्डै एक हजार मानिस घर आए

जीवन नेपाली,
कमिरेचौर, जेठ १४ ।दाङको बंगलाचुली गाउँपालिकामा बैशाख ३० गते यता झण्डै एक हजार नागरिक भित्रिएका छन् । गाँउपालिकाको ८ वटै वडाका ९ सय ३८ जना नागरिकहरु बंगलाचुली आइपुगेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । भारतबाट फर्केका सबैलाई गाउँपालिकामा रहेको स्कुलहरुमा राखिएको छ । गाउँपालिकामा हालसम्म १ सय ३८ जनाको स्वाव संकलन गरिएको छ ।

बुधबार बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ का अध्यक्ष ,एक जना वडा सदस्य र एक जना पत्रकारको स्वाव संकलन गरिएको छ । त्यसका साथै भरतबाट आएर महेन्द्र मावि श्रीवारी भवनको क्वारेन्टिनमा बसेका १ सय १६ जनाको स्वाव संगलन गरीएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर जिसीले जानकारी दिए ।

यसअघि बंगलाचुली गाउँपालिका वडा नं. ८ को जनकल्यान प्रावि हंसपुरमा बसेका १७ जना , ४ को झूलीडाँडामा बसेका १७ जना र वडा नं। १ को महेन्द्र मा।वी ।स्यूजामा ३० जनाको स्वाव संकलन गरिएको थियो । गाउँपालिकामा २९ जनाको आरडिटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिसीले बताए । पछिल्लो समय घर आएका मजदुरीका लागि भारतको विभिन्न ठाउँबाट फर्किएका हुन । बंगलाचुली गाउँपालिकाले भारतबाट घर फर्कन चाहाने आफ्ना नागरिकहरुलाई नेपाल भारतनाका बाट सम्वन्धित वडा सम्म निशुल्क ल्याउने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *