दाङ, जेठ १४ । दाङमा एकै दिन १५ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बुधवार घोराहीमा ७ जना र लमहीमा थप ८ जनामा कोरोना संक्रमन देखिएको हो । घोराही उपमहानगरपालिका वडा नं. १८ मा २४,२५,४० र ४२ बर्षीय व्यक्तिमा र घोराही १० का ३४, ४० र ४० बर्षका पुरुषमा कोरोना संक्रमन भेटिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले विज्ञप्तिमा जानकारी दिएका छन् ।
त्यस्तै लमही नगरपालिका अन्तरगत वडा नं. १ मा २६ बर्षीय एकजना, वडा नं. २ मा १७ र ३० बर्षीय दुई जना, वडा नं. ४ मा २६ बर्षीय एकजना, वडा नं. ५ मा २०,२० र २३ बर्षीय गरि तीन जना र वडा नं. ६ मा १८ बर्षीय एक युवामा कोरोना संक्रमन देखिएको छ । लमही वडा नं. ५ मा फेला परेकी एकजना २० बर्षीया एक युवती हुन ।स्रोतका अनुसार बुधवार फेला परेका नयाँ संक्रमित सबै केही दिन अगाडि छिमेकी देश भारतावाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरु हुन । यसअघि दाङका ५ जनामा संक्रमन देखिएको थियो । त्यसमध्य तुलसीपुरका एक संक्रमित भने निको भएर घर आइसकेका छन् । निको भएकालाई गनना नगर्दा अब दाङमा कुल १९ जनामा कोरोना संक्रमन फेला देखिएको छ ।
रुकुम पूर्वमा ३ जनामा कोरोना
नेपालको कान्छो जिल्ला रुकुम पूर्वमा पहिलो पटक कोरोना संक्रमन पुष्टि भएको छ । प्रदेश नं. ५ अन्तरगतको हिमाली जिल्ला रुकुम पूर्वमा बुधवार तीन जनामा कोरोना संक्रमन पुष्टि भएको छ । जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का १५, १८ र २३ बर्षका व्यक्तिमा कोरोना संक्रमन पुष्टि भएको छ । संक्रमित मध्य रुकुम पूर्वकी १५ बर्षीया एक किशोरी छिन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको परीक्षनमा उनीहरुमा कोरोना पुष्टि भएको हो । बुधवार पिसिआर विविधवार परीक्षण गरिएका १ सय ३६ वटा नमुना मध्य १ सय १८ वटाको नेगेटिभ र १८ जनाको पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश अन्तरगतका १२ जिल्ला मध्य, रोल्पा, प्यूठान जिल्ला भन्दापनि माथिको जिल्ला रुकुम पूर्वमा कोरोना संक्रमन भेटिएको छ । रोल्पा, प्यूठान लगाएका प्रदेशका पहाडी जिल्लाहरुमा भने बुधवार सम्म कोरोनाको संक्रमन पुष्टि भइसकेको छैन ।