दाङ,जेठ १४ । रौतहट जिल्लामा बुधबार थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र हेटौंडाको परीक्षणमा थप ७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
जिल्लाको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै गढीमाई नगरपालिकाका बासिन्दा हुन । गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २ र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै रौतटह जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । रौतटहमा चार दिनको अवधिमा ८३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट आएकाहरु हुन ।
प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार