२०७८ जेष्ठ २ गते आइतवार

दूई ट्रक आपसमा ठोक्किदा ४ जना घाइते, २ को अवस्था गम्भीर


दाङ,जेठ १४ । दाङमा दूई ट्रक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ८ उसनी भन्ने स्थानमा विहान सात बजे विपरित दिशा तर्फ गइरहेका दुई वटा ट्रक आपसमा ठोक्किदा दुबै ट्रकका चालक र सहचालक गरि चार जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ भने थप दुई जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ६२८७ नम्वरको ट्रकका चालक रुपेन्देही जिल्लाको मायादेबी गाउँपालिका वडा नं. ४ का ३५ बर्षीय बड्डु धोबी र सोही ठाउँका सहचालक २५ बर्षीय सञ्तोष लोड गम्भीर घाइते भएका छन् । चालकलाई खुट्टा र टाउकोमा गहिरो चोट लागेको र उनीहरु दुबैजनालाई लमहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि भैरहवा रेफर गरिएको छ ।

त्यसैगरी पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१५५ नम्वरको ट्रकका चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का ३२ बर्षीय गोविन्द खड्का र सोही ठाउँका सहचालक २० बर्षीय चित्रबहादुर खत्री उपचार पछि डिस्चार्ज भइ सकेका छन् । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *