२०८२ पुष ३० गते बुधवार

बाग्लुङमा ६ जनामा कोरोना संक्रमन पुष्टि


दाङ, जेठ १४ । बाग्लुङका ६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमित बडिगाड र तमानखोलाका वासिन्दा हुन । उनीहरु सबै भारतबाट आएकाहरु हुन । संक्रमितहरूलाई बाग्लुङस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा लगेर राख्न थालिएको छ । योसँगै कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ।

बुधबार बिहानै हेटौंडाकी २५ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको छ । जो जेठ ९ गते चितवनबाट हेटौंडा गएकी खुल्न आएको छ । बुधवार विहानसम्म कोरोना भाइरसको संक्रमणबाट १ सय ७६ जना निको भएर घर फर्किएका छन् । मंगलबार राति वीरगन्जमा उपचाररत २१ जनाले कारोना जितेर घर फर्किएका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *