दाङ, जेठ १४ ।कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कल्लु रानाको क्वारेन्टिन निरिक्षणको क्रममा मृत्यु भएको छ ।
५८ वर्षीय राना गएराति एक्कासी नयाँ निर्माण गरिएको क्वारेन्टिन निरिक्षण गर्न गएको समयमा त्यही लडेका थिए । कुर्सीमा मोवाईचलाउँदै गरेका अध्यक्ष राना एक्कासी लडेको र त्यसपछि उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तत्काल उनलाई अस्पतालपुर्याएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
तर वडाध्यक्ष राना क्वारेन्टिन व्यवस्थापनमा खटिदै आएको हुँदा कोरोना परीक्षण गर्न स्वाब निकालिएको छ । परीक्षणको नतिजाआएपछि मात्रै शवलाई व्यवस्थापन गर्ने निर्णय भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार