तुलसीपुर, जेठ १३ । दाङमा गुडिरहेको एक ट्रकमा एक्कासी आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको लमहीनगरपालिका वडा नं. ९ धवाडी नजिकै ना ६ ख ३८२५ नम्वरको ट्रकमा वाइरिङ सर्ट भएर करेन्ट लागेको अनुमान गरिएको छ ।
उक्त ट्रक लमहीको सतबरियास्थित सम्राट सिमेन्ट उद्योगवाट २१ टन सिमेन्ट बोकेर सुर्खेत जान हिडेको थियो । सतवरियाबाट सिमेन्टलोड गरी सुर्खेतको लागी हिडेको ट्रकमा सोमवार साँझ एक्कासी आगो लाग्दा ट्रकसहित सबै सिमेन्ट जलेर नष्ट भएको प्रदेश नं. ५ प्रहरीकार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन ।घट्ना बारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रबक्ता बैदवारले बताए ।
प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार