
दाङ, जेठ १३ । कपिलबस्तु जिल्लामा थप २४ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकीउपकुलपति डा. संगीता भण्डारीले मंगलवार बेलुकी कपिलबस्तु जिल्लाका २४ जनामा कोरोना भाइरसको संक्रमन भेटिएको जानकारीदिइन ।
जिल्लाको यशोधरा गाउँपालिका वडा नं. १ मा १२ जना, वडा नं. २ मा ४ जना र वडा नं. ८ मा ७ जनामा कोरोनाभाइरसको संक्रमनदेखिएको छ ।
वडा नं. १ मा २०, २४, ३०,३०,३०,३०, ३४,३४,३५,३६,४०,४५ बर्षीय व्यक्तिहरु, वडा नं. २ मा २ बर्षीया बालिकासहित २२,२३,३५ र ४०बर्षीय व्यक्तिहरु र वडा नं. ८ मा १९,२५,३०,३१,३४,३५ र ४० बर्षीय व्यक्तिहरुमा कोरोना संक्रमन भेटिएको हो ।
विज्ञान प्रतिष्ठानका कायममुकायम रिजष्ट्रार कैलाशप्रशाद देवले बाँके र कपिलबस्तुका २ सय ३० नमुना पिसिआर विधिवाट परीक्षणगर्दा २ सय ६ जनाको नेगेटिभ र २४ जनाको पोजेटिभ आएको जानकारी दिएका छन् ।
उनले प्रतिष्ठानमा मंगलवार सम्म विभिन्न जिल्लाका गरि १ हजार ६ सय ४४ नमुना परीक्षण गरिएकोमा ६० जनामा कोरोना पुष्टि भएकोबताए । प्रतिष्ठानमा मंगलवार बेलुकी सम्म ३ सय ९५ नमुना परीक्षणको लागि प्रक्रियामा रहेको देवले जानकारी दिएका छन् ।