२०८२ चैत्र १ गते आइतवार

घोराहीका संक्रमित व्यक्तिका परिवारको ८ दिनपछि बल्ल स्वाब संकलन


दाङ, वैशाख १३ । दाङ घोराही उपमहानगरपालिका वडा नं. ९ भगुवारका ४४ वर्षीय एक युवामा कोरोना संक्रमण पुष्टि भएको ८ पछि मात्रै उनको घर परिवारको स्वाब संकलन भएको छ । मंगलवार मात्रै संक्रमित युवाका अभिभावक, पत्नि र बच्चाह?को स्वाब संकलन गरिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

घोराही ९ का वडाध्यक्ष मानबहादुर बस्नेतले कोरोनाभाईरस संक्रमित युवाको घरमा तीन दिन अगाडि पुगेर गाउँ घरमा नजान सचेत तुल्याइएको भएपनि मंगलवार मात्रै स्वाब संकलन गरिएको जानकारी दिए । संक्रमित युवाको गुरैया टोलमा जम्मा १७ घर परिवार मात्रै रहेको हुँदा त्यो टोललाई तीन दिन अगाडि नै सिल गरिएको वडाध्यक्ष बस्नेतले बताए । ‘ म आफै गएर टोलका सबैलाई टोल बाहिर नजान र बाहिरवाट पनि आउन नदिन आग्रह गरेको हुँ,’ बस्नेतले भने ‘त्यहाँ प्रवेश गर्ने दूईवटै बाटोमा बाँसको तगारो राखेर बाटो समेत वन्द गरिएको छ।’

४४ बर्षीय संक्रमित ती युवामा गत जेठ ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोरोना संक्रमन भएको पुष्टि गरेको थियो । संक्रमित युवा काठमाडौंको एक अपार्टमेन्टमा सुरक्षागार्डको काम गर्छन । उनकी हजुरआमाको निधन चैत १ गते भएपछि १० औं दिनमा चैत १० गते उनी दाङ आएका थिए ।घर नआएर सोझै घोराही–१५ भरतपुरस्थित आफ्ना साइला अंकलको घरमा पुगेका थिए । उनका घर परिवारका सबै सदस्यह? हजुरआमाको किरिया भरतपुरमै बसेको हुँदा उनी सोझै त्यहाँ गएको संक्रमितका बुवाले जानकारी दिए ।

१३ औं दिनको शुद्ध शान्तिपछि मात्रै ती युवा घोराही ९ भगुवारस्थित घर आए। संक्रमितका बुवाका अनुसार १३ औं दिनका दिन दाजुभाइ एकै घरमा बस्नुपर्ने तथा घर–घरमा जान नपाइने भन्ने प्रचलनका अनुसार उनीहरू भने घोराही भरतपुरस्थित किरिया बसेको घर साइलो भाइकै घरमा उक्त दिन पनि बास बसेका थिए । ती संक्रमित भने भने शुद्ध शान्ति कार्यक्रम भएकै दिन भगुवारस्थित घर आएको उनका बुवाले जानकारी दिए ।संक्रमित व्यक्ति वैशाख ३१ गते घरबाट काठमाडौं हिडेपनि उनी जेठ १ गते मात्रै काठमाडौं पुगेका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *