२०८१ बैशाख १३ गते बिहिवार

बेलझुण्डीमा २७ जना कोरोना संक्रमित


दाङ, जेठ १३ । दाङ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मंगलवारसम्म २७ जना संक्रमितलाई राखिएको छ । दाङसहित, बाँके, बर्दिया, कपिलबस्तु, अर्घाखाँची, लगाएका जिल्लाका गरि २७ जनालाई उपचारका लागि राखिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

कोरोना अस्पतालमा दाङका ३, बाँकेका ८, कपिलबस्तुका ६, बर्दियाका ४, रुपन्देहीका ४ र अर्घाखाँचीका २ जनाको उपचार भइरहेको चन्दले बताए । दाङको कोरोना विशेष अस्पताल १०० बेडको हो । हालसम्म सबैको अवस्था सामान्ने रहेको उनले जानकारी दिए । प्रदेश सरकारले प्रदेश भरका कोरानाका संक्रमित विरामीहरुलाई उपचार गर्न सकिने गरि बेलझुण्डीमा कोराना विशेष अस्पताल स्थापना गरेको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *