२०७८ जेष्ठ ४ गते मङ्गलवार

मंगलवार साँझसम्म ९० जना नयाँ संक्रमित थपिए


दाङ, जेठ १३ । मंगलबार साँझसम्म एकै दिन ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलवार बेलुका सप्तरीमा ११ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसअघि रौटहटमा थप २२ जनामा संक्रमन भेटिएको थियो ।सप्तरीमा नयाँ फेला परेका संक्रमितमा एक महिला र बाँकी सबै पुरूष छन् । बोदेबरसाइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका एक जना संक्रमित थपिएका हुन । उनीहरू सबै भारतबाट आएका व्यक्तिहरु हुन । नयाँ संक्रमित सबैलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा राखिने भएको छ ।

उनीहरूको स्वाब परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको हो । त्यसैगरी रौतहटमा थपिएका २२ जना नयाँ संक्रमित मध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना छन् । उनीहरू सबै भारतबाट आएकाहरु हुन । त्यसअघि मंगलवार बिहान मात्र सुर्खेतका १२ जना र बारा जिल्लामा थप ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

बारामा देखिएका संक्रमितहरूमा दुई जना नेपाली सेनाका हुन । जो क्वारेन्टिनको सुरक्षार्थमा खटिएका थिए। मंगलवार बेलुका सम्मको तथ्याङ्क अनुसार नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ। मंगलवार मात्रै ९० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयल पुष्टि गरेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *