सुर्खेत, जेठ १३ । सुर्खेतमा मंगलवार १२ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । नयाँ संक्रमित सबै भारतबाट आएकाहरु हुन ।उनीहरु प्रदेशको सीमा नाका बबई तथा सुर्खेतस्थित सुब्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरु हुन । सोमवार गरिएकोपिसिआर परीक्षनमा ती क्वारेन्टिनका १२ जनामा पोजेटिभ देखिएको छ ।
यो संगै सुर्खेतमा संक्रमितको संख्या १५ पुगेको छ । यसअघि सुर्खेतमा बराहताल गाउँपालिकाका २ जना, चौकुने गाउँपालिकाका १जनामा संक्रमन भेटिएको थियो । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले मंगलबार रिपोर्ट आएका ति १२जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको जानकारी दिए ।
कर्णाली प्रदेशमा भने संक्रमितको संख्या २३ पुगेको छ। कर्णाली प्रदेशमा पहिलो संक्रमित दैलेखको आठविस नगरपालिकाका एकजनामा पुष्टि भएको थियो ।
सोमबार बेलुकासम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरेर जम्मा ११ जनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।