२०७८ बैशाख २८ गते मङ्गलवार

रुकुममा जाजरकोटका ३ युवाको शव भेटियो, तीनजना अझै बेपत्ता


दाङ, जेठ १२ । रुकुममा जाजरकोटका तीन जना युवाको शव सोमवार बेलुका सम्म फेला परेको छ । सोमवार बेलुका जाजरकोटको भेरी नगरपािलकाका गणेश बुढा मगरको फेला परेको छ । यसअघि नवराज विकको शनिवार राति र टीकाराम सुनारको शव आइतवार विहान सानी भेरी किनारमा फेला परेको थियो । अझैपनि भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक बेपत्ता रहेका छन् । उनीहरुको खाजी कार्य भइरहेको छ ।

तीनैजनाको शव भेरी नदी किनारको धल्ला भन्ने स्थानमा भेटिएको रुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक कविराज रोकायाको नेतृत्वमा घटना अनुसन्धान गर्न समिति बनाएको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भडेल, आशिष विकलगायत १२ जना घाइते भएका छन् । डिएसपी केसीले सोमवार उपचार पछि सबै डिस्चार्ज भइरहेको जानकारी दिएका छन् ।

जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक शनिवार आफ्ना थप १८ जना साथीहरु सहित पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीलाई भगाउन भनि केटीको गाउँ सोती पुगेका थिए । त्यही क्रममा सोती गाउँका स्थानीयले उनीहरुलाई लखेट्दै कुटपिटमा उत्रिएपछि उनीहरु ज्यान जोगाउन भाग्दै सानी भेरी नदीमा हाम फालेका थिए । त्यसरी हाम फालेका मध्य तीन जना मृत फेला परेका छन् भने थप तीन जना अझैं बेपत्ता छन् ।

वडाध्यक्षसहित १०  जना प्रहरी नियन्त्रणमा
मृतकका परिवारले रुकुमको चौरजाहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा बीरबहादुर मल्ललगायतले लखेटीलखेटी हत्या गरेको आरोप लगाएका छन । रुकुम प्रहरीले वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १० जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । तर सोमवार सम्म उनीहरुले घटनामा संलग्नहरु बारे किटानी जाहेरी भने दिएका छैनन् । त्यसैगरी घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको पोष्टमार्टम गर्न पनि दिएका छैनन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *