२०८० चैत्र १६ गते शुक्रवार

जाजरकोटका दूई युवाको शव फेला, थप चार अझैं बेपत्ता


दाङ, जेठ १२ । रुकुम पश्चिममा केटी भगाउन भनि गएका दूई युवाको मृत्यु भएको छ भने थप चार बेपत्ता रहेका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन भनेर शनिबार राति रुकुम पश्चिमको चौरहजारी नगरपालिका–८ सोती गाउँ पुगेका २१ वर्षीय नवराज विक र उनका साथी चौरजहारी टिकाराम सुनारको शब भेरी नदी किनारमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार टिकारामको शब शनिवार साँझ र नवराजको शब आइतबार बिहान फेला परेको हो । संगै आएका मध्य थप दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका छन् । उनीहरुको चौरजहारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।जाजरकोटको चौरजाहारीवाट १९ जना युवाहरु नवराजको साथमा लागेर केटी भगाउन भन्दै शनिवार बेलुका रुकुम पश्चिम आएका थिए । त्यसमध्य थप चार जनाको अवस्था अझैंै अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार जाजरकोटका नवराज विक रुकुम पश्चिमको सोती गाउँकी १७ बर्षीया एक मल्ल थरकी किशोरीलाई भगाउन भन्दै साथीहरु लिएर उनको घरमा आएका थिए ।विक र मल्ल थरकी ती युवतीसंग प्रेमसम्बन्ध रहेको उनका साथीहरुले बताएका छन् । माथिल्लो जातकी केटी तल्लो जातको युवाले लिन मिल्दैन भन्दै किशोरीका घर परिवार लगाएतका गाउँहरु जाजरकोेटटका युवाहरुमाथि जाइलाग्दा उक्त घटना भएको घाइतेहरुले प्रहरीलाई बयान गरेका छन् । ‘बिकको छोराले मल्लकी छोरी ताक्ने भन्दै लखेट्न थाले अनि हामी भाग्यौं भन्ने छ,’ एक प्रहरी अधिकारीले भने ।

स्थानीयले भने लकडाउनको समयमा यति धेरै मानिस गाउँमा किन आएको भन्दै प्रतिकारमा उत्तिएको बताएका छन् । त्यसपछि जाजरकोटबाट आएका युवाहरु भागेका थिए । गाउँलेहरु लखेट्दै गएपछि ६ जना युवाहरु भेरी नदीमा हाम फालेको थिए । १२ जना भेरीवारी नै रहेको हुँदा उनीहरु माथि स्थानीयले कुटपिट गरेका थिए । तीनै मध्य भेरीमा हामफालेका दूई जनाको शब फेला परेपनि थप चार जनाको अवस्था अझैं अज्ञात नै रहेको छ ।

यसैबीच घटनावारे निश्पिक्ष छानविन गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुमपश्चिमले माग गरेको छ । जिल्ला अध्यक्ष गोपाल शर्माले विज्ञप्ति जारी गर्दै घटना छानविन गर्न माग गरेका छन् । साथै उनले घटनाको निश्पक्ष छानविन गर्नका लागि तीन सदस्य छानविन समिति गठन गरेको छ । पार्टीका प्रदेश कमिटी सदस्य चन्द्रबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितमा प्रदेश सदस्य पुष्पा बादी र जिल्ला सदस्य भिमा थापा रहेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *