२०८१ बैशाख १२ गते बुधवार

सोमवार थपिए ७२, संक्रमितको संख्या ६ सय ७५ पुग्यो


दाङ, जेठ १२ । नेपालमा सोमबार विहान थप ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बाँकेमा ४, कपिलवस्तुमा ३, बर्दियामा १, रौतहटमा २६, बारामा २३, सप्तरीमा २, धनुषामा ३, दैलेखमा ७ र काठमाडौंमा ३ जनामा कोरोना संक्रमन पुष्टि भएको जानकारी दिएको छ ।

काठमाडौंको टोखा नगरपालिका वडा नं. ३ र ६ निवासी दुई जना र बुढानिलकण्ठ वडा नं. ३ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा योसँगै कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *