२०८१ माघ १३ गते आइतवार

बारामा कोरोना भाइरसवाट एक जेष्ट नागरिकको मृत्यु


काठमाडौं, जेठ १२ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।बारा जिल्लाको कलैया निवासी ७० बर्षीय एक जेष्ट नागरिकको मृत्यु पछि कोरोना पुष्टि भएको छ । उनको वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएको थियो । उनको स्वाब संकलन गरी परीक्षण गर्न काठमाडौं पठाएको थियो । सोमवार ती व्यक्तिको मृत्युको कारण कोरोना भएको पुष्टि भएको छ ।

उनमा मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन । यसअघि सिन्धुपाल्चोकी एक सुत्केरी महिला, बाँकेका एक २५ बर्षीय युवक, गुल्मीका एक ४१ बर्षीय शिक्षकको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *