चितवन, जेठ १२ । चितवनको भरतपुर अस्पतालको आईसियूमा भर्ना भएका एक व्यक्तिको सोमवार मृत्यु भएको छ।दुई दिनदेखि गम्भीर विरामी उनी नवलपरासी रामग्राम–५का बासिन्दा हुन । उपचारका लागि भरतपुर ल्याइएका ४८ बर्षीय ती व्यक्तिलाई दुई दिन अगाडि लुम्बिनी प्रादेशिक अस्पतालले भरतपुर अस्पतालमा रेफर गरेको थियो ।
ती व्यक्तिमा स्वासप्रश्वासको समस्या देखिएको थियो । उनलाई वान्ता समेत हुने समस्या रहेको थियो । मृतकको यसअघि बुटवलमा स्वाब संकलन गरिएको भएपनि हालसम्म रिपोर्ट भने आइ सकेको छैन । सोमवार ती व्यक्तिको मृत्य पछि भरतपुर अस्पतालले पनि उनको श्वाब परीक्षणको लागि नमुना संकलन गर्ने तयारी गरिएको अस्पाल प्रशासनले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार