२०८१ मङ्सिर १७ गते सोमवार

तुलसीपुर रक्षाचौरका ४७ बर्षीय संक्रमितले कोरोना जिते


तुलसीपुर, जेठ १२ । काठमाडौंमा रहेका तुलसीपुरका एक संक्रमित कोरोना भाइरसलाई जितेर अस्पताल वाट डिस्चार्ज भएका छन् । जेठ २ गते काठमाडौंको टकु अस्पतालमा पिसिआर विधिवाट गरिएको परीक्षणमा तुलसीपुर उपमहानगरनगरपालिका वडा नं. ४ रक्षाचौर निवासी ४७ बर्षीय ती पुरुषमा कोरोना भाइरस देखिएको थियो । शान्तिनगर गाउँपालिका निवासी बहिनी ज्वाँईको उपचारका लागि डेढ महिना अगाडि काठमाडौंमा गएका उनलाई शिक्षण अस्पतालमा विरामी कुरुवाको रुपमा बस्दा संक्रमण भएको शंका गरिएको थियो ।

संक्रमितले ९ दिन पाटन अस्पतालको उपचार पछि जेठ ११ गते निको भएर डिस्चार्ज भएका छन् । दोस्रो र तेस्रो पटक गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि आइतवार बेलुका उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । अस्पतालबाट डिस्चार्ज भएपछि ती व्यक्तिले तुलसीपुरका नगरप्रमुख घनश्याम पाण्डेलाई फोन सम्पर्क गरी आफुलाई घर आउने प्रवन्ध गरिदिन आग्रह गरेका छन् । नगरप्रमुख पाण्डेले भने ‘ डिस्चार्ज भएपछि उहाँले मलाई फोन गरि घर आउनले प्रवन्ध गरिदिन आग्रह गर्नु भएको थियो, मैले उहाँलाई घर ल्याउने प्रवन्ध मिलाउन स्वास्थ्य शाखाका साथीहरुलाई भनिसकेको छु ।’

जेठ १२ गते विहानसम्मको रिपोर्ट अनुसार दाङका कुल ५ जनामा हालसम्म कोरोना संक्रमन पुष्टि भएको छ । त्यसमध्य तुलसीपुरको रक्षाचौरका ४७ बर्षीय व्यक्तिले कोरोना जितेपछि अब दाङका ४ जनामा मात्रै कोरोना संक्रमित रहेको सरोकारवालाहरुले बताएका छन् ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका गरिएको स्वाब परीक्षणमा जेठको पहिलो दिनमै गढवा गाउँपालिकाका दूईमा कोरोना संक्रमन देखिएको थियो । त्यसपछि भारतवाट आएका घोराही ३ कुईरेपानीका एका युवामा पनि कोरोना संक्रमन पुष्टि भएको थियो ।

त्यसैगरी काठमाडौंमा गरिएको परीक्षणमा जेठ ५ गते घोराही ९ का ४४ बर्षीय अर्का एक पुरुषमा पनि कोरोना संक्रमन पुष्टि भएको छ । तुलसीपुर ४ का ४७ बर्षीय कोरोनावाट निको भएका व्यक्तिको संक्रमन पुष्टिपनि काठमाडौंमै भएको हो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *