yam
तुलसीपुर, जेठ १२ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले इश्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र इदको अवसरमा शुभकामना दिएका छन् । विविधतायुक्त समाजमा मनाइने यस्ता सांस्कृतिक उत्सव र पर्वले समाजका विभिन्न समुदायका मानिसका बीच सद्भाव र भातृत्व वढाउन मद्दत पुग्ने उनको शुभकामना सन्देशमा उल्लेख छ ।
शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख पाण्डेले विश्व नै यतिबेला कोभिडसँग लडिरेहकाले हुँदा प्रकोपलाई मध्यनजर गरेर सामाजिक दुरी कायम गर्दै पर्व मनाउनका आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार