तुलसीपुर, जेठ ११ । गतवर्ष सोही तलाउमा एक युवा डुवेर बेपत्ता भएपछि दुई दिन जिल्लाको सारा शक्ति लगाएर खोजी भयो । तर डुवेका युवक फेला परेनन् । त्यसपछि उनको खोजी कार्यका लागि केन्द्रवाट समेत गोताखोर झिकायो । सशस्त्र प्रहरीका गोताखोरले दुई दिन खोज्दापनि शव निकाल्न सकेनन् । अन्त्यमा जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान प्रभु सुनारले ती युवाको शव निकाल्न सफल भए ।
डुवेको चारदिन पछि शव निकाल्ने प्रहरी जवान सुनारलाई आफन्त, प्रहरी प्रशासनका अधिकारीले घटनास्थलमै नगद रकम दिएर पुरुस्कृत गरे । लिखित रुपमै प्रहरीले सुनारको सम्मान ग¥यो । आइतवार सोही तलाउनमा डुेबेका युवाको खोजीमा जिल्लामा उपलब्ध पौडिबाजहरु खटाइए । तर उनै सुनारले शव निकाल्न सके । प्रहरी अधिकारीले उनलाई घटनास्थलमै एक हजार नगद दिएर पुरुस्कृत गरे ।
जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले पौडिबाज सुनारलाई अभिलेखमा रहने गरि लिखित रुपमा सम्मान गर्ने निर्णय भएको घटनास्थलमा खटेका प्रहरी निरिक्षक महेन्द्र सेनले जानकारी दिए । आइतवार रोल्पा रुन्टीगढीका २२ बर्षीय विजय केसीको सोही तलाउनमा नुहाउन गएको समयमा मृत्यु भएको थियो । घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया स्थित माछा पाल्ने उदेश्यले उक्त तलाउ निर्माण गरिएको छ ।