तुलसीपुर, जेठ ११ । बालुवा गिट्टी उत्खनन्मा प्रयोग भएको एउटा जेसिबीमा आगजनी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ माथिल्लो हलवारको ग्वारखोलामा अज्ञात समुहले अनटेष्ट जेसिबीमा आगजनी गरिदिएको छ । दाङ जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले आगजनीवाट जेसिबीमा पूर्ण रुपमा क्षति पुगेको जानकारी दिए ।
नजिकै रहेका दुईवटा डिजेलका ड्रममा पनि उक्त समुहले आगजनी गरिदिएको डिएसपी खड्काले बताए । आगजनी गर्ने समुहको खोजी भइरहेको प्रहरीले बताएको छ । दुर्गा कन्ट्रक्सनका प्रोप्राईटर कृष्ण खड्काले भाडामा ल्याएर उक्त जेसिबी काममा लगाएका थिए ।
प्रोप्राईटर खड्काले तुलसीपुर उपमहानगरपालिकासंग कन्ट्रक्सनले १९ लाख ५० हजारमा ग्वारखोलाबाट बालुवा गिट्टी उठाउने ठेक्का लिएको जानकारी दिए । पार्किङ गरेर राखिएको अवस्थामा जेसिबीमा आगजनी भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार