२०८१ चैत्र ९ गते शनिवार

बाँकेका ४ र बर्दियाका १ गरि ५ जनामा कोरोना पुष्टि

दाङ, जेठ ११ । आइतवार बेलुका बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । दाङको राप्ती विज्ञान प्रष्ठिान घोराहीमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का १६, २३, २३ र २४ बर्षीय युवाहरुमा कोरोना संक्रमन पुष्टि भएको हो । नारायणपुर भवनपुर माविको क्वारेन्टिनमा बसेका चार जनामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपटि डा. संगीता भण्डारीले जानकारी दिइन ।

आइतवार बेलुका नै बर्दिया जिल्लाको बाँसगढी वडा नं. ९ निवासी २५ बर्षीय एक पुरुषमा पनि कोरोना संक्रमन पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०८ पुगेको छ। तीमध्ये ८७ जना उपचारपछि घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ।

आइतवार दाङ,बाँके, बर्दियाको गरि २ सय २९ वटा नमुना परीक्षण गर्दा २ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको देवले जानकारी दिएका छन् । आइतवार थप २ सय ६६ वटा नमुना प्रक्रियामा रहेको प्रतिष्ठानले जानकारी दिएको छ । हालसम्म प्रतिष्ठानमा १ हजार ६ सय ६४ वटा नमुना संकलन भएका मध्य १ हजार ३ सय ७८ रिपोर्ट परीक्षण गरिएको छ । त्यसमा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १ हजार ३ सय ४२ जनाको नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *