दाङ, जेठ ११ । दाङको घोराहीमा मानव निर्मित तलाउनमा डुवेर रोल्पाका एक युवाको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ९ रुन्टी निवासी २२ बर्षीय विजय केसीको घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियास्थित माछा पाल्न निर्मित तलाउमा डुवेर ज्यान गएको छ । आइतवार दिउँसो केसी लगाएत ७ जना साथीहरु गर्मी छल्न भन्दै माछा पाल्न निर्माण गरिएको तलाउमा नुहाउन भनि गएका र पौडी खेल्ने क्रममा डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
केसी आइतवार दिउँसो साढे १ बजेतिर डुवेको खवर उनका साथीहरुले गरेपछि प्रहरी घटनास्थल पुगगेको थियो । उनको शव घटना भएको दिउँसो २ बजेतिर निकालिएको प्रहरीले बताएको छ ।गत साल वर्षामा पनि धान रोपेर फर्किदै गरेका तीन किशोरी घोराहीमै निर्मित तलाउमा डुवेपछि ज्यान गएको थियो ।
घोराहीमा सिंचाई र माछा पाल्नका लागि नगरका विभिन्न वडामा १७ वटा जति कृतिम जलासयहरु निर्माण गरिएका छन् । तर, ती तलाउहरुमा सुरक्षाको लागि तारबार नगरिदा बर्षेनी डुवेर मानिसहरुको मृत्यु हुँदै आएको छ ।