दाङ, जेठ ११ । दाङमा सर्पदंश बाट एक बालिकाको ज्यान गएको छ । लमही नगरपालिका वडा नं. ९ तेलिया निवासी धनबहादुरकुमालकी ९ बर्षीया छोरी रेस्मा कुमालको सर्प दंशवाट ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय घोराहीका अनुसार शनिबार बेलुका घरको पेटीमा उनलाई विषाशु सर्पले डसेको थियो । घाइते बालिकालाईअस्पताल लैजान नलागेर झारफुक गर्ने मानिस खोज्दा–खोज्दै उनको घरमै मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार