२०८१ बैशाख १० गते सोमवार

बाँकेको नरैनापुरमा सेना परिचालन गरिने

फाइल तस्बिर

जेठ ११। बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित छन्। जसमा एक जनाको मृत्यु भइसकेको छ। गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन्। संक्रमित व्यक्तिहरू सबै भारतका विभिन्न ठाउँबाट आएका हुन्।

दैनिक संक्रमित संख्या बढेको भन्दै गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारसँग गुहार मागेको थियो। यस्तै आज बसेको बैठकले नरैनापुरमा थप स्वास्थ्यकर्मीको टोली पठाउने र जारी सिल अवस्थालाई पनि थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *