दाङ, जेठ ११ । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनबाट एक जना कोरोना संक्रमित व्यक्ति भागेका छन् ।सर्लाहीका ४० बर्षीय मानसिक सन्तुलन ठिक नभएका एक संक्रमित आइतवार अस्पताल बाट भागेको प्रहरीले जानकारी दिएको छ ।
धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले ती संक्रमित व्यक्ति आइतवार विहान अस्पतालको झ्याल फोडेर भागेको बताए । भागेका संक्रमित व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको पनि कार्कीले जानकारी दिए । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार