निशान भट्टराई,
घोराही, जेड ११ । घोराही उपमहागनरपालिका वडा नं. ७ सौडियारका स्थानीयले क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै पर्दशन गरेका छन् । मावि सौडियारमा रहेको क्वारेन्टिनलाई ब्यबस्थित गर्न माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएपछि वडा अध्यक्ष खोपिराम चौधरी ब्यबस्थित गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
क्वारेन्टिन भद्रगोल भएको भन्दै स्थानीयले व्यवस्थित गर्न माग सहित आन्दोलनमा उत्रिएपछि वडाध्यक्षले व्यवस्थित गर्ने प्रतिवद्धता जाहेर गरेका हुन । स्थानीयहरु आइतवार बिहानैदेखि वडा कार्यालयमा धर्ना दिन आइपुगेका थिए । करिब २ सय जना स्थानीयहरु क्वारेन्टिन व्यवस्थित गर्न मागसहित धर्ना दिन आएका थिए ।
स्थानीयले क्वारेन्टिनमा स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मी, एम्बुलेन्सको ब्यबस्थापन हुनपर्ने, धेरै मानिस ल्याएर हुल्नु भन्दा त्यसमा सुविधाहरु थप्नुपर्ने माग गरेका छन् ।