
दाङ, जेठ १० । बाँकेको नरैनापुर गाउँपालिकामा एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत २३ बर्षीय एक प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी प्रबक्ता शिवबहादुर सिंहले ती प्रहरी जवान क्वारेन्टिनको डिउटीमा खटिएका व्यक्ति रहेको जानकारी दिए । प्रहरी जवानलाई संक्रमन पुष्टि भएसंगै कालाफाँटा प्रहरी चौकी सिल गरिएको डिएसी सिंहले बताए । उक्त प्रहरी चौकीमा ९ जना प्रहरी कार्यरत रहेका छन् ।
नरैनापुर गाउँपालिकामा शनिबारसम्म एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । नरैनापुर ५ का २५ वर्षीय एक युवाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।
प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार