२०८१ माघ ३ गते बिहिवार

थप ३६ नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या ५८४

दाङ, जेठ १० । बाँकेका थप २७ जना व्यक्तिमा कोरोना संक्रमन पुष्टि भएको छ। उनीहरु सबै नरैनापुर गाउँपालिकाका हुन । बर्दिया जिल्लाका एकजनामा पनि कोरोना पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिअिआर परीक्षणमा शनिवार बाँकेका २७ र बर्दियाका एकजनाको गरि २८ जनामा कोरोना संक्रमन पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।

भेरी अस्पताल बाँकेका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले २७ जना बाँकेका व्यक्तिमा कोरोना संक्रमन पुष्टि भएको भन्ने बताए । बिहीवार नरैनापुरका १ सय ५८ जनासहित बाँकेका २ सय २३ जनाको स्वाब संकलन गरि परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।

स्वास्थ्य मन्त्रालयले शनिवार गरेको पत्रकार सम्मेलनमा बाँकेको नरैनापुरस्थित मदरसाका १७ बर्षदेखि ३२ बर्ष उमेर समुहका ६ जना, नरैनापुर वडा नं. ३ का १६ देखि ३२ बर्ष उमेर समुहका १५ जना र सोही गाउँपालिकाको वडा नं. १ का ६ देखि २२ बर्ष उमेर समुहका थप ६जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

दाङमा गरिएको परीक्षण मध्य बर्दिया बढैया तालका थप एकजना १९ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । शनिवार बैतडी जिल्लाको शिवनाथका ४ जना २० देखि २७ बर्षका ४ पुरुष र झापाका ३३ बर्षीय १ पुरुषमा पनि संक्रमन देखिएको छ । शनिवार मात्रै ६३ जनामा संक्रमन पष्टि भएको छ । विहान मात्रै थप २७ जनामा संक्रमन पुष्टि भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । प्रदेश नं. ५ मा सबैभन्दा धेरै २ सय ७१ जनामा कोरोना संक्रमन पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *