
दाङ, जेठ १० । बाँकेका थप २७ जना व्यक्तिमा कोरोना संक्रमन पुष्टि भएको छ। उनीहरु सबै नरैनापुर गाउँपालिकाका रहेको स्रोतले बताएको छ । बर्दिया जिल्लाका एकजनामा पनि कोरोना पुष्टि भएको छ ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिअिआर परीक्षणमा शनिवार बाँकेका २७ र बर्दियाका एकजनाको गरि २८ जनामा कोरोना संक्रमन पुष्टि भएको स्रोतले जानकारी दिएको छ । भेरी अस्पताल बाँकेका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले २७ जना बाँकेका व्यक्तिमा कोरोना संक्रमन पुष्टि भएको भन्ने बताए ।
बिहीवार नरैनापुरका एक सय ५८ जनासहित बाँकेका २ सय २३ जनाको स्वाब संकलन गरि परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।
प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार