
तुलसीपुर, बैशाख १० । घोराही उपमहानगरपालिका वडा नं. ९ भगवारका ४४ बर्षीय एक संक्रमित युवाको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम पाँच दिनसम्मपनि पुरा हुन सकेको छैन ।काठमाडौंको एक अपार्ट मेन्टमा कामगर्ने ती युवा चैत १० गते घोराही १५ भरतपुर आएका थिए । उनकी हजुरआमाको निधन भएको हुँदा भरतपुरस्थित उनको साइला अंकलको घरमा सबै परिवारका सबै जमघट भइ कारो बारेर किरिया बसेका थिए ।
उनकी हजुरआमाको चैत १ गते निधन भएको थियो । १३औं दिनको कार्यक्रमपछि ती युवा घोराही ९ भगवारस्थित आफ्नो घर पुगेको उनका परिवारका सदस्यले जानकारी दिएका छन् ।
त्यसपछि उनी बैशाख ३१ गते घरवाट हिडे । उनका फुपुको छोरा एम्बुलेन्स चालक हुन । त्यसैले संक्रमित युवा एम्बुलेन्समा जेठ १ गते काठमाडौं पुगे ।
काठमाडौंमा पिसिआर विधिवाट स्वाब परीक्षण गरेपछि जेठ ५ गते ती युवामा कोरोना पुष्टि भयो । तर अहिले सम्मपनि उनको घर परिवारको कसैलाई पनि क्वारेन्टिनमा लगिएको छैन । कसैको पनि स्वाब संकलन गरिएको छैन । उनका घरका सदस्य गाउँ घरमा हिडडुल गरिरहेको खुल्न आएको छ । यसले समुदायमा कोरोना फैलने जोखिम बढेको भन्दै चिकित्सक तथा सरोकारवालाहरुले चिन्ता जाहेर गरेका छन् ।