२०८१ माघ ३० गते बुधवार

तुलसीपुरमा साढे ३ सय क्वारेन्टाइन बेड तयार


तुलसीपुर, जेठ १० । तुलसीपुरमा साढे तीन सय क्वारेन्टिन बेड तयार भएका छन् । यसअघि तुलसीपुरमा एक सय वेड क्षमताको क्वारेन्टिन थिए ।पछिल्लो समय भारतबाट फर्केर घर आउने नेपालीको संख्या वढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले क्वारेन्टिन निर्माणलाई तिव्रता दिन थालेको हो ।

विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीले विभिन्न ५ ठाउँमा निर्माण भइसकेको र अन्य ६ ठाउँमा निर्माणको तयारी भइरहेको जानकारी दिए । उनले हालसम्म ३ सय ५० वेड तयार भइसकेको जानकारी दिए । रक्षाचौरमा एक सय, मावि कालाखोलामा ५०, राप्ती लाइफ केयर कलेजमा ५०, माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा ५० र अमर मावि उरहरीमा एक सय वेड क्षमताको क्वारेन्टिन निर्माण भइसकेको उनले जानकारी दिए ।

उपमहानगरपालिकाले २ हजार वेड क्षमताको क्वारेन्टिन निर्माणको तयारी थालेको तुलसीपुरका कोभिड– १९ फोकल पर्सन विमल केसीले बताए । क्रमिक रुपमा क्वारेन्टिन निर्माणको काम अगाडि वढाउने उनले जानकारी दिए । यसैबीच शुक्रवार दिउँसोसम्म तुलसीपुरका विभिन्न क्वारेन्टिनमा गरेर १ सय ३३ जना क्वारेन्टिमा बसेका छन् । त्यसमा भारतबाट आएका १ सय २ जना छन् । अन्य नेपालकै विभिन्न जिल्लाबाट आएकाहरु छन् । तुलसीपुरमा भारतबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने गरिएको केसीले जानकारी दिए ।

यसैबीच तुलसीपुरका विभिन्न क्वारेन्टिमा बसेका ९३ जनाको शुक्रवारसम्म पिसिआर टेष्ट भएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । फोकल पर्सन केसीले ४७ जनाको आरडिटी चेकजाँच गरिएको र उनीहरुको समेत रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । यद्यपी तुलसीपुर ४ रक्षाचौर घर रहेका एकजना पुरुषको काठमाडौंमा चेकजाँच गर्दा कोरोना संक्रमन पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *