२०८१ मङ्सिर २७ गते बिहिवार

नरैनापुरबाट भागेका १३ संक्रमितलाई प्रहरीले नियन्त्रणमा लियो

फाइल तस्बिर

दाङ, जेठ १० । बाँकेको नरैनापुर गाउँपालिकाबाट भागेको १३ जना कोरोना भाइरसका नयाँ संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार बेलुका कोरोना संक्रमन पुष्टि भएपछि उनीहरु क्वारेन्टिनवाट भागेका थिए ।

गाउँपालिकाको वडा नं. ३ का १२ जना र वडा नं. २ का एकजना संक्रमित एम्बुलेन्स लिन गएपछि भागेका थिए । नेरा प्रावि शंकरनगर कोटिया क्वारेन्टिन र नेरा प्रावि परशरामपुरवाको क्वारेन्टिनमा बसेका उनीहरुलाई संक्रमन पुष्टि भएपछि छुट्याएर अलगै राखिएको थियो । पछि एम्बुलेन्स लिन गएपछि गाउँले हल्ला खल्ला गर्ने क्रममा संक्रमितहरु भाग्न सफल भएको बाँके जिल्लाका प्रहरी प्रमुख विरबहादुर वलीले जानरकारी दिए ।

एसपी वलीले १२ जनालाई रातको १२ बजेभित्रै नियन्त्रणमा लिएर नेपालगन्जस्थित लाईन्स डेन्टल अस्पतालको आइसोलेनमा राखिएको जानकारी दिए । उनीहरु खेतको कुनामा लुकेर बसेको अवस्थामा फेला परेको एएसपी वलीले बताए । फरार मध्यका एकजनालाई भने शनिवार विहान तीन बजेतिर भारतीय सीमाना क्षेत्रबाट नियन्त्रणमा लिइएको एसपी वलीले जानकारी दिए ।

‘भागेर भारततर्फ जान खोजिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन सफल भयो र अहिले विहान हामी उनलाई नेपालगन्ज ल्याउँदै छौं,’ एसपी वलीले भने । भागेका संक्रमितहरु घर तथा समुदायमा जान नपाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *