२०८३ भाद्र १२ गते शुक्रवार

थप ३० जनामा कोरोना देखियो

जेठ ९। शुक्रबार बिहान थप ३० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित मध्य १५ जना सर्लाहीका रहेका छन । शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्।

चितवनको भरतपुर महानगरपालिका-६ का ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला कोरोनाको संक्रमण पुष्टि भएको छ। बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्तापूर्वका एकजना छन्।योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *