
नविन गिरी,
नेपालगन्ज,जेठ, ९ । बाँकेका पहिलो कोरोना संक्रमित ६० वर्षीय पुरुषसहित २१ जना आज निको भएर घर फर्कदैछन् ।खजुराको सुशीलकोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक जना र ८का २० जना निको भएर घर फर्कन लागेका हुन ।
भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले पहिलो संक्रमित ब्यक्तिको तेस्रो रिपोर्ट र अन्य २० जनाकोदोस्रो रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई आज डिस्चार्ज गर्न लागिएको जानकारी दिए ।
बाँकेमा पहिलोपटक बैशाख १९ गते १ जनामा कोरोना संक्रमण देखिएको थियो । हालसम्म १ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।जसमध्ये १ जनाको क्वारेन्टाइनमा मृत्युु भएको छ । नरैनापुरका ७४, नेपालगन्जका २५ र खजुराका २ जना संक्रमित फेला परेका छन्। संक्रमितहरुको खजुरा, नेपालगन्ज, कोहलपुर र दाङमा उपचार भइरहेको छ ।