तुलसीपुर, जेठ ८ । विहीवार बेलुकी कोरोना भाइरसको संक्रमन पुष्टि भएका दाङ घोराहीका नयाँ संक्रमित संगै ३२ जना एउटै बस चढेरआएको खुल्न आएको छ ।जेठ ४ गते कपिलबस्तुको कृष्णनगर नाका हुँदै भारतवाट नेपाल प्रवेश गरेका उनीहरु दाङ आउँदा एउटै बसमा आएका थिए ।
घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधव चौधरीले विहीवार संक्रमन पुष्टि भएका ३७ बर्षीय ती पुरुष उक्त दिन वडामाआउने एक्ला व्यक्ति भएको बताए । राति १ बजे फोन आएपछि आफु र असई गएर ती व्यक्तिलाई बसवाट झारेर सोझै कुईरेपानीकोक्वारेन्टिनमा राखिएको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।
तर उनले त्यस दिन संक्रमित संगै एउटै बसमा बसभरी मानिसहरु आएको आफुले देखेको बताए । उनीहरु घोराही वडा नं. ४, २, ६, १०नम्वर वडा र तुलसीपुरका अन्य केही रहेको भन्ने आफुले त्यसवखत जानकारी पाएको अध्यक्ष चौधरीले जानकारी दिए ।
एकजना अधिकारीले भने त्यस दिन संक्रमित संगै ३२ जना एउटै बसमा आएको र त्यसमध्य केही तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर माविको क्वारेन्टिनमा बसेको भन्ने सूचना प्राप्त भएको जानकारी दिए । जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले भने संगैआएका व्यक्तिहरुको खोजी भइरहेको जानकारी दिएका छन् ।
यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भारतवाट आएका गढवा गाउँपालिकाका दुई जना युवामा कोरोना पुष्टिभएको थियो । त्यस्तै काठमाडौंमा रहेका दाङका अन्य थप दुईजनामा पनि कोरोना पुष्टि भइसकेको छ । सबै गरेर दाङका ५ जनामाहालसम्म कोरोना पुष्टि भइसकेको छ ।