२०८१ बैशाख १२ गते बुधवार

घोराहीका एक जनामा कोरोना पुष्टि


दाङ, जेठ ८ । दाङमा थप एकजना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिानमा विहीवार गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

प्रष्ठिानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको जानकारी दिएका छन् । प्रतिष्ठानमा विहीवार सल्यान, रोल्पा र दाङका कुल ६९ जनाको पिसिआर विधिबाट नुमना परीक्षण गरिएकोमा एकजनामा कोरोना पुष्टि भएको देवले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *