२०८१ बैशाख ११ गते मङ्गलवार

दाङका इट्टा उद्योगबाट १२ सय ३६ भारतीय मजदुर घर गए


तुलसीपु, जेठ ८ । दाङका विभिन्न इट्टा उद्योगबाट गएराति १२ सय ३६ भारतीय मजदुर घर फर्किएका छन् । जिल्लाका घोराहीदेखि तुलसीपुरसम्म मजदुरको रुपमा कामगर्दै आएका १ हजार २ सय ३६ मजदुरलाई इट्टा व्यवसायीको खर्चमा बसमा राखेर सीमाना नाका सम्म पुर्याइएको हो ।

जिल्लाका शिवशक्ति, जलजला, गोल्डेन,शुभम, सोनी, जेके , प्रविन, मनकामना, राप्ती, बबई, अम्मर लगाएका इट्टा भट्टामा काम गर्ने एक हजार दुई सय ३३ मजदुरलाई २१ वटा बसमा राखेर बाँकेस्थित जमुना नाकामा लगेर छोडिएको प्रहरी प्रशासनले जानकारी दिएको छ ।

भारतीय सुरक्षाअधिकारीसंग छलछल गरेर उनीहरुको इच्छा अनुसार घर फर्काइएको हो । दाङका विभिन्न इट्टा उद्योगमा गरेर ५ हजार बढी मजदुरहरु कार्यरत रहेका अनुमान गरिएको छ । जान इच्छुक र अति आवश्यक काम परेकाहरुलाई पठाइएको इट्टा उद्योगीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *