२०७८ बैशाख ३१ गते शुक्रवार

गुल्मीका एक शिक्षकको कोरोनाका कारण मृत्यु

दाङ, जेठ ८  । गुल्मी जिल्लाका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । गुल्मीका संक्रमित पुरुषको बिहिबार  विहान मृत्यु भएको परिवार स्रोतले जानकारी दिएका छन् ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका शिक्षक समेत रहेका उनलाई गत जेठ १ गते ज्वरो तथा र रुघाखोकी देखिएपछि अस्पताल भर्ना गरिएको थियो । सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भेन्टिलेटरको सहायतामा आइसियूमा राखेर उपचार भइरहको थियो।

उनको विद्यालयमा क्वारेन्टिन रहेको हुँदा त्यहीवाट संक्रमण भएको आशंका गरिएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेको नरैनापुरका २५ बर्षीय युवकको यसअघि मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *