२०८१ बैशाख ७ गते शुक्रवार

दिनभरी काम, घर जाँदा माम…


तुलसीपुर, जेठ ७ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ रानी जरुवा टोलकी पवित्रा विक दैनिक ज्यालादारी गरेर परिवारको गर्जो टार्थिन । लकडाउन पश्चात वाहिर निस्कन नपाएपछि उनको काम गर्ने क्रम रोकियो । कामसँगै जोडिएको माम पनि रोकियो । वडा कार्यालयले केही दिनलाई पुग्ने राहत दियो । पाँच जनाको परिवारलाई केही दिन त्यही राहतले थेग्यो । राहत सकियो तर लकडाउन सकिएन ।

त्यसपछि उनी फेरी स्थानीय सरकारको ढोका ढक्ढक्याउन पुगिन् । पहिलोपटक खाद्यान्न मात्रै पाएकी विकले अब भने काम पनि पाएकी छन । ‘लकडाउन लम्विए पनि अब खान नपाएर मरिदैन भन्ने ढुक्क भएकी छु,’ बिकले भनिन् । सोही ठाउँकै निर्मला आचार्यपनि दुई महिना लामो लकडाउनले समस्यामा थिइन । घरमा खानेकुरा सबै सकियो । खाद्यान्न नहुँदा भोकै मरिन्छ की भन्ने त्रासमा उनी थिइन । तर स्थानीय सरकारले नै काम दिएपछि उनीपनि खुसी छिन । ‘अब पाखुरा वजारेर काम गरिन्छ अनि पेटभरी खाइन्छ ’ उनले भनिन् । उनको लकडाउनले खान नपाएर मरिन्छ कि भन्ने चिन्ता दुर भएको छ ।

तुलसीपुर वजारमा अहिले उनीहरु जस्ता दशौ मानिसहरु सामाजिक दुरी कायम गरेर काम गरिहेका छन् । कोही पेन्ट गरिरहेका हुन्छन् त कोही, सरसफाईका साथै फूल रोपी रहेका । उनीहरुल दिनभरीे वजारमा काम गर्छन् अनि साँझ नुन, दाल, चामल, तेल र साबुन बोकेर घर जाने गर्दछन् । कामको विवरण राखेर सोही अनुसारको राहत दिने गरेको विपद् व्यवस्थापन शाखाका अधिकृत भिमप्रकाश खत्रीले बताए ।

उनले एक परिवारबाट आएकालाई ५ दिनसम्म काम दिने व्यवस्था गरिएको समेत वताए । ३ दिन काम गरे बराबरको २५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल र १ पिस सावुन दिने व्यवस्था व्यवस्था गरिएको छ । ५ जना भन्दा बढि परिवार भएका मध्येबाट २ जनालाई कामको अवसर प्रदान गरिन्छ । खाद्यान्न घरमा भएकाहरुलाई पैसा समेत दिइन्छ ।

वडा कार्यालयको सिफारिसमा रोजगार प्रवद्र्धन शाखाले काम दिने गरेको छ । शाखाका अधिकृत गिरिराज मिश्रले के काम गर्ने भन्ने वडा कार्यालयले योजना वनाउने गरेको जानकारी दिए । नगरका १९ वडाका कुल ३ सय जनालाई काम दिने योजना बनाइएको छ । त्यसमध्य कतिले फोरलेन सडकमा पनि काम गरिरहेको अधिकृत मिश्रले जानकारी दिए । तुलसीपुर विकास प्राधिकरणको काममा समेत उनीहरुलाई लगाइएको प्राधिकरणका सदस्य विजय विकले बताए । सडकमा वेस ओछ्याउने काममा पनि उनीहरु प्रयोग गरिएका छन् । कार्यविधि समेत वनाएर काम अगाडि वढाएको उनले बताए । विभिन्न क्षेत्रबाट कामदारको समेत माग भइ आएको हुँदा उनीहरुलाई पठाउन सकिने उनले बताए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *