दाङ, जेठ ७ । कपिलबस्तु जिल्लामा चारजना बालबालिकासहित १२ जनामा बुधवार कोरोना संक्रमन देखिएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले संक्रमित मध्य ९ जना महाराराजगंज नगरपािलकाका र ३ जना विजयनगर गाउँपालिका रहेको बताए । उनले बुधवार फेला परेका सबै संक्रमित केही दिन पहिले मात्रै छिमेकी देश भारतवाट आएकाहरु भएको बताए ।
जिल्ला फोकल पर्सन कुमार थापाले संक्रमित मध्य ३ , ४, ६ बर्षीया र एक १२ बर्षीय बालक रहेको बताए । जन स्वास्थ्य प्रयोगशाला भैरहवामा उनीहरुको स्वाबको परीक्षण भएको थापाले बताए ।उनले नयाँ संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको जानकारी दिए । यो संगै कपिलबस्तुका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार फेला परेका संक्रमितलाई दाङको बेलझुण्डी कोरोना बिशेष अस्पतालमा लैजानका लागि छलफल भइरहेको प्रजिअ पौडेलले जानकारी दिए ।
यसअघि कपिलबस्तुका तीन जनालाई दाङमा ल्याएर उपचार भइरहेको छ । बुधवार नै रुपेन्देहीमा पनि थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २० पुगेको छ । त्यसमध्य ४५ जना निको भएर घर फर्किसकेका छन् ।