
दाङ, जेठ ७ । बुधबार नेपालमा २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ । ३८ जिल्लामा कोरोनाका संक्रमित फेला परेका छन् । संक्रमित मध्य ३ सय ५८ पुरुष र ६९ जना महिला रहेका छन् ।
प्रदेश नं. ५ मा सबैभन्दा धेरै १ सय ९६ जनामा संक्रमन पुष्टि भएको छ । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधवार संक्रमितमध्ये १८ पुरूष र ७ महिला रहेको जानकारी दिए । त्यसमा ३, ४ र ६ बर्षीया बालिका समेत रहेका छन् । उनीहरु कपिलबस्तु जिल्लाका हुन ।
त्यसैगरी बाँके जिल्लाको नरैनापुर ५ का १७, २०, २८, ३९ र ४० बर्षीय पुरुष तथा खजुरा ५ का एक २७ बर्षीय व्यक्तिमापनि संक्रमन पुष्टि भएको छ । त्यसैगरी धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएको देवकोटाले बताए । यसका साथै बुधवार उदयपुर जिल्लाका ८ जना उपचार पछि निको भएर घर फर्किएका छन् । यो संगै नेपालमा निको भएर घर फर्किनेको संख्या ४५ पुगेका छ।