दाङ, जेठ ७। दाङमा २१ औं चलचित्र पत्रकारीता दिवस २०७७ मनाइएको छ। चलचित्र पत्रकारीता दिवसको अबसरमा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आज रक्तदान कार्यक्रम गरेको छ ।
अहिले कोरोना भाइरस (कोभिड १९) विश्व महामारीको रुपमा फैलिरहेको छ। नेपालमा पनि कोरोना भाइरसको कारण लक डाउन भैरहेको छ । लक डाउनकै कारण दाङमा रगतको अभाव हुन् नदिन चलचित्र पत्रकारीता दिबसको अबसर पारेर चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले रक्तदान कार्यक्रम गरेको हो । औपचारीक कार्यक्रम नगरी सामाजिक दुरी कायम राख्दै १८ जनाले रक्तदान गरेको दाङ शाखाका अध्यक्ष शिब पुनले जानकारी दिए ।
रक्तदान गर्नेहरुमा चलचित्र पत्रकार संघ नेपाल दाङका सदस्यहरु राजेश खत्री , भुपेस वलि , संघका सल्लाहकार चेतन रेग्मी रहेका थिए । यस्तै पत्रकार तर्फ रक्तदान गर्नेमा अन्जना चौधरी , झग्गु भन्डारी , एच .आर.मगर रहेका थिए ।
उक्त कार्यक्रममा त्रिसिद्धेस्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमाल , युवा व्यवसायी राजेन्द्र महतरा , ढुन्डीराज ओली, निर्मल खड्का, शान्ति जि.एमले पनि रक्तदान गरेका थिए ।
दारी ग्याङ दाङबाट साइग्रेस देबकोटाको नेतृत्वमा प्रवेश भुषाल , विनायक रेग्मी , प्रकाश डागी , निर्मल खड्का, प्रबिन रिजाल , सुमन रिजाल, विवेक वलि , बिकास कुसारी लगायतका रहेका थिए । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाकाअध्यक्ष शिव पुनले रक्तदान गर्ने सबैलाई धन्यवादका साथ प्रमाणपत्र प्रदान गरेका थिए । आज गरिएको रक्तदानले रगतको अभाबलाई परिपूर्ति गर्ने नेपाल रेडक्रस सोसाइटी रक्तसंन्चार केन्द्र दाङ तुलसीपुरले बताएको छ ।