दाङ, जेठ ६ ।जिल्ला अस्पताल रोल्पाको आइसोलेसनमा सोमवार बेलुकी मृत्यु भएका रोल्पाका युवाको पिसिआर परीक्षण रिपोर्टनेगेटिभ आएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको पिसिआर परीक्षणमा रोल्पाका युवासहित दाङ, प्यूठान लगाएका जिल्लाहरुकाकुल १०४ जनाको रिपोर्ट नेगेटिभ आएको आएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिएका छन् ।
हालसम्म प्रतिष्ठानमा ७१७ नमुना संकलन गरिएको , ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ । ती मध्य ६८३ रिपोर्ट नेगेटिभ आएको र२ जनाको पोजेटिभ आएको प्रतिष्ठान प्रशासलने जानकारी दिएको छ । मंगलवार प्रतिष्ठानमा ३२ वटा नमुना प्रक्रियामा रहेको जानकारीदिइएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार