२०८१ बैशाख १२ गते बुधवार

मंगलवार ४२ जना संक्रमित थपिए


दाङ,जेठ ६ । मंगलवार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ३, भक्तपुरमा १ र ललितपुरमा १ जनामा संक्रमण देखिएको हो।त्यसैगरी झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

यसअघि मंगलवार कपिलबस्तुमा ४ , झापामा ९ र सुनसरीमा २ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । मंगलवार एकै दिन ४२ जनामा संक्रमण देखिएको छ । झापामा मात्रै एकै दिन १८ जनामा संक्रमण फेला परेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । हालसम्म ३७ जना निको भएर घर फर्किएका छन् । सिन्धुपाल्चोक र बाँकेमा गरि दुई जनाको मृत्यु भएको छ । मंगलवारसम्म कोरोना भाइरसको संक्रमण नेपालका ३६ जिल्लामा फैलिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *